अरिङ्गालको टोकाइबाट एकै परिवारका २ बालिकको मृत्यु 

डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट स्थानिय भिमबहादुर रोकायाकी ५ वर्षीया मनिषा र ३ वर्षीया सृजनाको मृत्यु प्रहरीले जनाएको छ ।

घर नजिकै अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार