निको पार्ने भन्दै बलात्कार गरेको आरोपमा धामी पक्राउ


उदयपुर । निको पार्ने भन्दै बलात्कार गरेको आरोपमा उदयपुरमा एक धामी (झाक्री) फक्राउ परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका १० पानीट्याङकीका वनझाँक्री ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।

पीडितको उजूरीका आधारमा उनलाई पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
धामी श्रेष्ठले महिलालाई माता उतार्ने र झारफुक गरी निको पार्ने भन्दै पटक-पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उदपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको धामी श्रेष्ठले प्रहरी सामु बयान दिएको समेत प्रहरी प्रमुख दाहालले बताए । घटनामा मतियारका रुपमा काम गर्ने ४५ वर्षीया एक महिलालाई पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार