
बुटवल । लुम्बिनी प्रदेश सांसद विमला वलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोडेर माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै लुम्बिनीमा शंकर पोखरेलको बहुमत गुमेको छ।
वलीले दाङ ३ (ख) बाट नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ ।
तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।
वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्। सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली विजयी भएकी थिइन् । आफूले नेकपाबाट चुनाव जितेको तर हाल नेकपा नरहेकाले माओवादी केन्द्रतिर लागेको वलीले बताइन् ।
लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८९१० अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ ।
प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए ।











