ग्राण्डी अस्पतालद्धारा बिरामी भर्ना गर्न नसक्ने घोषणा


काठमाडौं । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ । अस्पतालले बुधबार एक सूचना जारी गर्दै अक्सिजन सिलिण्डरको अभावमा थप बिरामी भर्ना गर्न नसक्ने जनाएको हो ।

सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन मात्रै दिने गरेको र त्यो प्रयाप्त नभएको भन्दै थप बिरामी भर्ना लिन नसक्ने बताएको छ । कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अस्पताल प्रशासनले जाएके छ ।
सरकारले आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराएप्छि मात्रै थप बिरामी भर्ना गर्न सकिने जारी सूचनामा उल्लेख छ ।

जारी सूचना

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार