कोरानाबाट विश्वभर हालसम्म ३३ लाख बढीको मृत्य, अमेरिकामा सबैभन्दा बढी, भारत तेस्रोमा


काठमाडौं । कोरोना महामारीबाट विश्वभर अहिलेसम्म ३३ लाख बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट हालसम्म विश्वभर ३३ लाख ३१ हजार ९६२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कूल १६ करोड ३ लाख ४५ हजार ७०९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये १३ करोड ८१ लाख ३३ हजार ४९ जना कोरोना निको भएका छन ।

कोरोना भाइरसबाट यस बर्ष पनि अमेरिका सबैभन्दा बढी प्रभावित छ । संक्रमण भई सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पहिलो देश बनेको । जहाँ हालसम्म ५ लाख ९६ हजार ९४६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । त्यसपछि कोरोनाबाट बढी मृत्यु हुने देशमा ब्राजिल दोस्रो स्थानमा छ । जहाँ हालसम्म ४ लाख २५ हजार ७११ जनाको कोरोनाबाट ज्यान गएको छ ।

कोरोनाबाट ज्यान देशहरुमध्ये तेस्रोमा भारत परेको छ । जहाँ हालसम्म कोरोबाट २ लाख ५४ हजार २२५ जनाको ज्यान गइसकेको छ । भारतसंग खुला सीमा भएका कारण नेपालमा पनि पछिल्लो समय संक्रमित र मृत्यु दर ह्वात्तै बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार