राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो


पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्नै सांसदलाई कारवाही गरेको छ । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएपछि जनमोर्चाले सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाटै हटाएको हो।

यसअघि उनलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि संससदिय दलको नेताबाटै हटाइएको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए। प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराइएको महासचिव भट्टले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार