दिल्लीको जारी लकडाउन थप एक साता लम्बियो


काठमाडौं । भारतको दिल्लीमा जारी लकडाउन एक साता लम्बिएको छ । कोरोना महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउन थप एक साता लम्ब्याउने निर्णय भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।
दिल्लीमा कोरोना अवस्थामा सुधार भइरहेको तर नियन्त्रणमा आउनका लागि थप एक हप्ता लकडाउन गरिएको मुख्यमन्त्री केजरीवालले प्रष्ट पारेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । उनले सबैलाई लकडाउनको पालना गर्न आग्रह समेत गरेका छन् ।

पछिल्लो केही समय यता दिल्लीमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ । पछिल्लो २४ घण्टा दिल्लीमा ६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार