प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु


काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

बुधबार संवैधानिक इजलासमा रहेका प्रधान न्यायाधीशको नेतृत्वका पाँचजना न्यायाधीशहरुले बहश सुरु गरेका छन् ।
इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।

आजको इजलासमा न्यायाधीश कार्की र भट्टराईले इजलासबाट बाहेक हुने वा नहुने भन्नेबारे राय दिनेछन् ।

सरकार पक्षका कानुन व्यवसायीले वैशाख जेठ १८ मा कार्की र भट्टराईले आफुलाई बाहेक गर्ने निर्णय गरेको हुनाले फेरी सुनुवाइमा सहभागी नहुन दबाव दिएका थिए ।

इजलासका न्यायाधीश कार्की र भट्टराईमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी बहश स्थगित भएको थियो भने इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले गरेको संसद विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे संवैधानिक इजलासले निर्णय गर्नेछ ।

यसअघि प्रधानमन्त्री केपी ओलले गरेको संसद विघटन सर्वोच्चले बदर गरिदिएको थियो । संविधान विपरीत संसद विघटन गरिएको भन्दै बदर गरिएको नजिर य पटक पनि दोहोरिने आशंका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार