एमाले केन्द्रिय कमिटी बैठक आज पनि बस्दै, देउवालाई मत हाल्ने सांसदमाथि कारवाहीको निर्णय हुने


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजोदेखि शुरु भएको पार्टीको १०औं केन्द्रीय कमिटीको बैठक दोस्रो दिन आज दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्नेछ ।

हिजोको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सोधिएको स्पष्टीकरणबारे आज निर्णय हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
स्पष्टीकरण सोधिएपछि आगामी रणनीतिबारे हिजो साँझ नेपाल समुहका नेताहरु बसेर छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार