देउवाको निर्देशनः गठबन्धन गर्दा राम्रो नतिजा आयो, फेरि गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिनुस्


काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।

काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई आज काठमाडौंमा संवोधन गर्दै सभापति देउवाले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउने मंसिर ४ को निर्वाचनमा खटिन निर्देशन दिएका हुन् ।

गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको बताउँदै सभापति देउवाले अब पार्टीको ध्यान मंसिर ४ को निर्वाचनतर्फ केन्द्रीत रहेकाले सबै एकजुट भएर लाग्न आग्रह गरे। मंसिरको निर्वाचनमा पनि सत्ता गठबन्धन तालमेल गरेरै जाने निर्णय भइसकेकाले मनमा कुनै शंका र दुविधा नराखी सोहिअनुसार निर्वाचनमा होमिन देउवाले निर्देशन गरे ।

निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा कसैलाई अन्याय र काखा, पाखा नगरिने स्पष्ट गर्दै सभापति देउवाले काँग्रेस आन्तरीक रुपमा पनि बलियो भएमात्रै लामो समयसम्म देशको नेतृत्व गर्न सक्षम हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार