
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दावी पेश गरेका छन् । शुक्रबार साँझ आफ्नो पक्षमा बहुमत ३१ सांसदहरु लिएर प्रदेश प्रमुखको निवास पुगि नेपालीले दावी पेश गरेका हुन ।
नेता नेपालीलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले सर्मथन रही हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेल सम्क्ष मुख्यमन्त्रीमा दावी पेस गरेका छन् ।
६० सदस्यीय प्रदेश सभामा नेता नेपालीले ३१ सांसदको समर्थन पाएका छन् । उनको पक्षमा बहुमत पुगेकाले मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि आज २४ घण्टे समयसीमा दिएकी थिइन् ।
मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले बिहीबार संसदमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
मुख्यमन्त्रीका लागि दावी पत्र














