जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी, ओलीकै रणनीति अपनाए

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् ।

उनले जनता समाजवादी पार्टी (जसपा) र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । यसको पुष्टि गुरुङको सचिवालयले गरेको छ ।

गुरुङले संसदमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि हिजो २४ घण्टे समसइसीमा दिएकी थिइन् ।

त्यसअनुसार हिजो साँझ विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेश सांसदको उपस्थितिमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

गुरुङले संसदमा विश्वासको मत नपाए पनि पुनह मुख्यमन्त्रीका लागि दावी पेश गरेका छन् ।

२४ घण्टे समयसीमा सकिनै लाग्दा पनि नयां सरकार गठनका लागि प्रकृया सुरु हुन सकेको छैन् ।

ओलीकै रणनीति गुरुङले पनि अपनाए

जुन रणनीति केन्द्रमा प्रधानमन्त्री केपी ओलीले अपनाएका थिए त्यही गुरुङले पनि अपनाएको देखिन्छ । आफुले संघिय संसदमा विश्वासको मत नपाउने पक्का भएपछि ओलीले मतै नलिई राष्ट्रपतिबाट वैकल्पिक सरकार गठनको आव्हान भएको थियो ।

त्यसपछि प्रतिपक्ष गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत सांसदहरुले हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेस गरेपछि ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।

त्यसपछि  दुबै पक्षको दावी नपुगेको भन्दै प्रधानमन्त्रीको सिफारीसमा संसद नै विघटन गरिएको थियो ।

संसद विघटदविरुद्ध अहिले सार्वेच्चमा मुद्धा छ । अदालतले संसद विघटन गर्नुको लिखित कारण देखाउन सरकारलाई आदेश गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार