काडमाडौं महानगरद्धारा मेलम्ची बाढी प्रभावित तीन पालिकालाई ३ करोड हस्तान्तरण


काठमाडौं । काठमाडौं महानगरपालिका सिन्धुपाल्चोकका बाढीग्रस्त तीनवटै पालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
महानजगरले आज मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई पीडितको राहत तथा उद्दारका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची प्रभावित क्षेत्र पुगेर पालिकाहरुलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको महानगरले जनाएको छ ।

बाढी पहिरो ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा अहिले विभिन्न क्षेत्रबाट राहात वितरण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार