काठमाडौं । संचारकर्मी रुपा सुुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित चारजना विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन् ।
जातीय विभेदको आरोपमा अनुसंन्धान हुँदै गरेकी काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई हिरासत मुक्त गराएको भन्दै संचारकर्मी सुनारले शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा आइतबार रिट दर्ता गरेकी हन् ।
मन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई विपक्षी बनाएर मुद्दा दायर गरेको संचारकर्मी सुनारले अनमोलपोष्टलाई जानकारी दिइन् ।
दर्ता रिटमा उनले मन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहीको माग गरिएको छ।
प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले आफ्नो जाहेरी नलिएकाले जाहेरी दर्ता गराई अनुसंन्धान अघि बढाइयोस भन्दै रिट दर्ता
गरिएको हो ।
भिडियो हेर्नुहोस्