
काठमाडौं । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरि अध्यादेश खारेज गर्ने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।










