काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सचिवालयमा लिफ्ट जडान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मंगलबार गैरआवासीय नेपाली संघ र कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राईजेज प्रा. लि. बीच लिफ्ट जडानका लागि एक सम्झौता पत्र हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा संघका तर्फबाट कार्यकारी अध्यक्ष रबिना थापा तथा प्रमुख कार्यकारी अधिकृत रबि किरण अधिकारी तथा कन्टिनेन्टलका तर्फबाट सेल्स म्यानेजर शरण लामिछाने तथा वरिष्ठ सेल्स अधिकृत नितेन्द्र सिंहले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार संघको भवनमा आगामी ५ महिना भित्र लिफ्ट जडान भईसक्नेछ ।
कार्यक्रमको अन्त्यमा कार्यकारी अध्यक्ष रविना थापाले लामो पहलपछि सम्झौता गरी लिफ्ट जडानको प्रक्रिया अघि बढेकोमा खुशी गरेकी छन् । संघका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीले लिफ्ट जडान भएपछि सबै प्रकारका व्यक्तिहरुलाई सचिवालय आउन सहज हुने भन्दै खुशी व्यक्ति गरे ।
कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राईजेज प्रा. लि.का प्रतिनिधिहरुले काम गर्ने मौका दिएको धन्यवाद प्रकट गर्दै गुणस्तरिय काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।