जापानबाट पहिलो चरणमा आयो ५ लाख बढी कोरोना खोप


काठमाडौं । सबै नेपालीलाई कोरोना खोप लगाउने उदेश्यले सरकारले कोरोना खोप भित्र्याउने कार्यलाई तिर्ब पारेको छ ।
यसैबिच आज बिहान मात्रै जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको पहिलो खेप नेपाल आइपुगेको छ ।

जापान सरकारद्धारा सहयोगमा दिइने १६ लाख खोप डोजमध्ये पहिलो चरणमा आज बिहान कतार एयरवेजको विमान ५ लाख १३ हजार डोज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

भोली थप २ लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार