लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले नेता शंकर पोखरेलले हिजो पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । उनले गरेको दावी स्विकृत गर्दै प्रदेश प्रमेख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशमा गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार