प्रदेश १ मा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।

तात्कालिन नेकपा एमालेबाट सांसद बनेका राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेपालको नयां पार्टी एकीकृत समाजवादी रोजेर सनाखत गरेपछि मुख्यमन्त्री आर्चाय अल्पमतमा परेका हुन् ।

बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनिहरुले सनाखत गरेका हुन् । सांसद उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ । उनिहरुको परिचयपत्र हराएकाले खनाखत हुन सकेको छैन् ।

मुख्यमन्त्री आर्चायले केहि दिन अघि माधव नेपाललाई छोडेर केपी ओलीलाई रोजेका थिए । आर्चाय भदौ १० प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अब अल्पमतमा परेका छन् ।

प्रदेशसभामा ९२ सांसद छन् र जसमा एमालेका ५१ सांसद थिए । त्यसमध्ये १० जनाले नेता नेपालको समाजवादी पार्टी रोजेपछि अब एमालेसंग सभामुखसहित ४१ सांसद हुनेछन् । त्यसैगरी नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद रहेकाछन् ।

मुख्यमन्त्री अल्पमतमा परेपछि अब नयां सरकार गठनको प्रकृया सरु हुनेछ । प्रदेश १ मा पनि सत्ता पक्ष गठबन्धनले नै सरकार बनाउँने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार