पूर्व प्रधानमन्त्री ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा निवेदन


काठमाडौं । पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । कोरोना संक्रमण भएपछि सार्वजनिका कार्यक्रममा सहभागि भएर संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उजुरी दिएका हुन् ।

उनले ओलीलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गरेका छन् । उजुरीमा अधिकारीले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।

निवेदक अधिकारीले कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचार र तस्वीरहरु पनि निवेदनका साथ पेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार