एमाले जनताको नजरबाट तल खसिसक्यो, नाम सुनेर नाक खुम्च्याउँछन्– माधव नेपाल

 

कास्की । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र केपी ओलीलाई जनताले सजाय दिने बताएका छन् । कास्कीको पोखरा महानगरपालिका–६ सिर्जना चोकमा प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालयलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्पणी समेत गरेका छन् ।

‘आज एमालेको हविगत किन यस्तो भयो भनेर पहिल्याउनु पर्ने बेला भयो, अहिले एमालेको नाम लिनेबित्तिकै जनताले नाकमुख खुम्च्याउने गरेका छन् । जनताको नजरबाट तल खसिसकेको छ’, अध्यक्ष नेपालले भने ।

केपी ओलीले प्रधानमन्त्री हुँदा निकै मनोमानी गरेकाले अब त्यसको जवाफ जनताले दिने उनको भनाई छ । ओलीले संसदको हत्या गरेको भन्दै अध्यक्ष नेपालले त्यस्तो अपराध गर्ने प्रधानमन्त्रीलाई अन्य देशहरुमा सजाय हुने गरेको उल्लेख गर्दै अब ओलीलाई सजनताले सजाय दिने बताए ।
‘सांसदहरुले मेरो आदेश मानेनन्, भनेर ओलीले संसदको हत्या गरे, कतिपय देशमा यस्ता संविधानविरोधी काम गर्ने प्रधानमन्त्रीलाई सजाय दिइन्छ । अब त्यस्तालाई नेपाली जनताले सजाय दिनेछन्’, अध्यक्ष नेपालले भने ।
ओली सरकारले गरेका भ्रष्टाचार काण्डैकाण्डबारे जनता जानकार भएकाले बर्तमान सरकारले त्यसको छनविन गरि कारवाही गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार