माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा आज दिउँसो ३ बजे बस्ने बैठकमा हिजो बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।

आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि आजबाट बैठकमा छलफल सुरु हुने बताइएको छ ।

प्रस्तावमा स्थानीयस्तरमा हुने वडा भेला कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने प्रस्ताव अघि सारिएको स्थायी कमिटी सदस्य देव गुरुङले संचारकर्मीलाई बताए । यसअघि साउन अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने, असोज १० गते–देशैभर एकैदिन सेल र टोल भेला गर्ने, असोज २० गते वडा सम्मेलन गर्ने, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने, मंसिर १५ गते प्रदेश सम्मेलन सक्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले पार्टी राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार