
काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ रेको छ। पोखराको लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शिव गौतम रहेका छन् । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
चोरी भएको खबर आएपछि प्रहरीले अनुसंन्धान गर्दा गौतम पक्राउ परेका हुन् । पक्राउ परेका युवक पूर्वयुवराजा शाहको निवासमा कामदारका रुपमा रहेको खुल्नमा आएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।
पक्राउ परेका गौतमले शाहको निवासबाट एकथान क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी गरेर पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको प्रहरीले बताएको छ । चोरी गरिएका सामानहरु प्रहरीले पूर्वयुवराज शाहलाई फिर्ता गरिसकेको छ ।
पक्राउ परेका युवकमाथि आवश्यक अनुसंन्धान गरी कारवाही प्रकृया अघि बढाइने प्रहरीले बताएको छ ।













