मधेसी जनता मेरा प्रेमिका हुन्, कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्– प्रचण्ड

मधेसी जनताको प्रमुख समस्या नागरिकता


नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको प्रमुख समस्या नागरिकता भएको बताएका छन् । आज नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मधेसको प्रमुख समस्या नागरिकता रहेको बताएका हुन् । नागरिकताको समस्या केही हप्तामै समाधान हुने समेत उनले आश्वासन दिए ।

तराई मधेसको अधिकारको लागि आफु निरन्तर लडिरहेको बताउँदै अध्यक्ष प्रचण्डले मधेसमा अर्को ठुलो समस्या सुकुम्बासी र भूमिहीन रहेको बताए । सुकुम्बासी र भूमिहीन समस्या समाधानका लागि जिल्ला तहमा आयोग गठन गरेर चुनावअघि नै लालपूर्जा वितरण गर्ने प्रचण्डको दावी थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मधेसी जनतालाई प्रेमिकाको संज्ञा समेत दिए । मधेसी जनतासंग आफ्नो गहिरो प्रेम रहेको तर कोहि बीचमा आएर भिलेन हुने गरेको उल्लेख गरे । ‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु’, प्रचण्डले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार