बुटवलको मोतीपुर औधोगिक क्षेत्रमा गोली चल्यो

रुपन्देही । रुपन्देहीको बुटवलस्थित मोतीपुर औधोगिक क्षेत्रमा गोली चलेको छ । आज दिउँसो स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सुकुम्बासी भन्दै औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर टहरा बनाई बसेका स्थानियहरुलाई हटाउन खोज्दा झडप भएको थियो । स्थिती नियन्त्रणमा लिन अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देशीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार