मोतीपुरमा प्रहरी र सुकुम्बासीबीच झडप ३ जनाको मृत्यु, दर्जनौं घाइते, प्रशासनद्धारा कर्फ्यू आदेश जारी


काठमाडौं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच झडप भएको छ । आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।

झडपमा घाइते भएका मध्ये तीन जनाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुको पहिचान भने खुल्न सकेको छैन् ।त्यस्तै अन्य घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेकाहरुलाई प्रहरीले हटाउने क्रममा झडप भएको थियो।

अहिले झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन  जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।

आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार