चर्चित हाँस्यब्यङ्ग्य कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह


काठमाडौं । चर्चित हाँस्यब्यङ्ग्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् ।

कलाकार गजुरेलको यो दोस्रो विवाद हो । उनको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै आफे विवाहबारे जानकारी दिएका हुन् ।

गजुरेलकाअनुसार उनको विवाद भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह भएको हो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् । कलाकार गजुरेलले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो वैवाहिक जीवनका बिषयमा काल्पनिक समाचार नलेखि दिन समेत आग्रह गरेका छन् ।

‘सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ, कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला’, गजुरेलले स्टाटसमा लेखेका छन् ।

यो भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार