घान्द्रुकमा भएको जिप दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत

काठमाडौँ । कास्कीको घान्द्रुकमा आज दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुने आठै जनको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएअनुसार मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेका छन् ।

जिपमा सवार २० वर्षीया देविजा घिसिङको घाइते अवस्थामा स्थानियले उद्दार गरेका थिए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। भीरमा अड्किएको अवस्थामा देविजाको स्थानीयले उद्धार गरेका थिए। उनीहरू दसैं बिदा मनाउन घान्द्रुक घुम्न गइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाकाअनुसार कास्कीको अन्नपूर्ण गाउँपालिको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नम्बरको भाडाको जिप अन्नपूर्ण–१० कलाभिरमा दिउँसो २ बजेतिर दुर्घटना भएको थियो । जिप ब्याक हुँदै गर्दा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको एसपी थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार