
काठमाडौँ । आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि बिहान दश बजेपछि आज मतदान सुरु हुन लागेको छ। निर्वाचन अधिकृत महेशराज पौडेलका अनुसार बानेश्वरस्थित संसद भवनमा हिले बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र आजै साँझ सात बजेसम्म मत परिणाम आउने छ ।
निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।
राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका गरी ८ सय ४२ सांसदले गरेको मतदानबाट मुलुकले तेस्रो राष्ट्रपति पाउनेछ ।
राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
दुबै उम्मेदवार पूर्वसभामुख समेत हुन् ।
भिडियो पनि हेरौं








