सिएचआइटिएफ तेकाण्दोको छैठौं राष्ट्रिय प्रतियोगीता कार्तिक २६ र २७ गते बाग्लुङमा

 

बाग्लुङ । सिएचआइटिएफ तेकाण्दोको राष्ट्रिय प्रतियोगीता आगामी कार्तिक २६ र २७ गते बाग्लुङ जिल्लामा हुने भएको छ । जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङमा प्रतियोगीता आयोजना गरिन लागेको तेकाण्दो संघका केन्दिय अध्यक्ष कुशल बुढाले जानकारी दिए ।

स्पाएरिङ, ब्रेकिङ, प्याटन र डेमोस्ट्रेशन गरि चार विधामा आयोजना हुने प्रतियोगितामा नेपालका सातवटै प्रदेशबाट ५ सय भन्दा बढी प्रतियोगीहरुको सहभागीता रहने अध्यक्ष बुढाले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख रुपैयाँ अनुमानित खर्च हुने बताउँदै अध्यक्ष बुढाले सबैसंग सहयोगी अपिल गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न ढोरपाटन नगरपालिकाबाट रु ५ लाख सहयोग गर्ने नगर प्रमुख देवकुमार नेपालीले प्रतिवद्धता जनाएको अध्यक्ष बुढाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार