प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्तीसंगै राजेन्द्र राईले लिए शपथ,६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन


विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएसंगै राजेन्द्र राईले शपथ लिएका छन् । राईलाई आज दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

मुख्यमन्त्री राईले आजै चार मन्त्री र एक राज्यमन्त्री गरी ६ जना नियुक्त गर्दै मन्त्रिपरिषद् पनि गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता रहेका राईलाई आज प्रदेश प्रमुख प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले अल्पमतमा परेसंगै हिजो पदबाट राजीनामा दिएपछि हिजै प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि आज दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

उक्त समयमा नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । मुख्यमन्त्रीमा राईको दावी पुगेको भन्दै उनलाई प्रदेश प्रमुख प्यासीले नियुक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार