वरिष्ठ उपाध्यक्षबाट किन ब्याक भए सुवास नेम्वाङ


चितवन । नेकपा एमाले संसदीय दलका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको दाबी छोडेका छन् । उनले वरिष्ठ उपाध्यक्षको दाबी छोडेपछि निवर्तमान महासचिव ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका छन् ।

ओली पछिको नेता बन्ने होडमा पोखरेल र नेम्वाङको दूरी निकै बढेको थियो । नेम्वाङले आफुले वरिष्ठ उपाध्यक्षको लागि चुनाव लड्ने समेत बताएका थिए ।

तर पदाधिकारीमध्ये त्यही वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध भएको छ । ओलीले सोमबार मध्यारातमा बन्दसत्रमा पेश गरेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको मात्र उम्मेदवारी परेको छ ।

यता वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका नेम्वाङले भने उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार