
काठमाडौं । सरकारले २२ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएको भन्दै २२ वटा निर्माण व्यवसायीहरुलाई १ वर्षदेखि ३ बर्ष अवधिका लागि कालोसूचीमा राखेको हो।
कालोसूचीको लिष्टमा परेकाहरुमा खोपनिधि लोहनी, शंकर प्रसाद लोहनी र लेखनिधि लोहनी मुख्य व्यक्ति भएको लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुर ७ चितवन, कर्णबहादुर खड्का मुख्य व्यक्ति भएको जेके बिल्डर्स, पद्मा कुमारी शाही मुख्य व्यक्ति भएको शर्मिला निर्माण सेवा, सान्नी त्रिवेणी ८ कालिकोट र मीनबहादुर भण्डारी मुख्य ब्यक्ति भएको ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रालि कीर्तिपुर, सुरेन्द्रराज रिजाल मुख्य व्यक्ति भएको देवी रमण कन्स्ट्रक्सन कम्पनी, डिलबहादुर गुरुङ मुख्य व्यक्ति भएको खड्गदेवी कन्स्ट्रक्स बन्दीपुर, यसैगरी दीपक गौतम मुख्य व्यक्ति भएको गजुरमुखी निर्माण कम्पनी, इलाम, राजाबहादुर झा मुख्य व्यक्ति भएको नव निर्माण बिल्डर्स प्रालि जनकपुर, स्वप्निल पौडेल मुख्य व्यक्ति भएको एस।बि।एम। इन्जिनियरिङ एसोसियट्स लगायतका छन् ।
कालो सूचीमा परेका कम्पनीले कारवाहीको अवधिसम्म कुनै पनि काम गर्न नपाइने ब्यवस्था छ ।
कालोसूचमिा पर्ने कम्पनीको विवरण











