एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ


काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने करोडौंको धन्दामा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनलाई आज साँझ बुटवलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सन्दीपलाई भोली काठमाडौं ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले आजै जिल्ला अदालत काठमाडौंबाट एमाले सचिव एवम् पूर्वमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको खबर सार्वजनिक भएको थियो।
यो प्रकरणमा पूर्वगृहमन्त्री एवम् एमाले नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई यसअघि नै ललितपुरबाट फक्राउ गरिएको थियो । उनका छोरा निरजलाई पनि पक्राउ पुर्जी जारि गरिएको छ ।

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा गत चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा प्रहरीले हिजो राईलाई पक्राउ गरेको थियो । यो प्रकरणमा आजै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।
प्रहरीले पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार