काठमाडौं । एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले आज सांसद कोइरी निलम्बित भएको जानकारी दिएका हुन् ।
नेपाल प्रहरीले सांसद कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि सभामुख घिमिरेले उनि निलम्बनको निर्णय गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतले सूचनामार्फत जानकारी दिएका छन् । कोइरी मंसिर ४ को चुनावमा महोत्तरी–१ बाट संघीय सांसदमा निर्वाचित भएका थिए ।
२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् । कोइरीका बिषयमा संसदमा पटक पटक आवाज उठेको थियो ।