
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज प्रदर्शन भएको छ । आज संसदलमा एमसीसी टेवल गर्ने भनेपछि संसद भवन अगाडी विभिन्न दलका भातृ संगठनले विरोध प्रदर्शन गरेका हुन् ।
विरोधका कारण बुधबार मध्यान्ह बानेश्वर क्षेत्र तनावग्रस्त रहेको थियो । बानेश्वर क्षेत्रमा सटरहरु बन्द थिए भने माइतीघर– तीनकुने सडकमा यातायात नै बन्द गरिएका थिए ।
प्रदर्शनकारीले एभरेस्ट होटल नजिक प्रहरीले राखेको घेरा तोड्न खाजेपछि प्रहरीले पानीको फोहरा हानेको थियो । प्रदशनकारीले पानीका बोतल, ढुङ्गा, इट्टा हाने पछि प्रहरीले अश्रुग्याँस समेत हानेको थियो ।
आजै विप्लव नेतृत्वको नेकपासहित पाँच दलले बन्द नै आह्वान गरेको थियो भने माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेपाल मजदुर किसान पार्टीका भ्राृत संगठनहरुले पनि विरोध प्रदर्शन गरेका थिए ।









