स्थानिय मात्रै होइन् तीनै तहको चुनावमा काँग्रेससंग गठबन्धन हुन्छ- प्रचण्ड

चितवन काँग्रेसले भनेर केहि हुँदैन्, केन्द्रबाटै गठबन्धन हुन्छ


चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् ।

आज आफ्नो गृह जिल्ला चितवन पुगेर प्रचण्डले जारी गठबन्धन स्थानिय तहको चुनाव मात्रै नभएर तीन तहकै चुनावसम्मै जाने बताएका हुन् ।

‘यो गठबन्धन स्थानीयसम्म मात्र होइन, प्रादेशिक र संघीय चुनावसम्मै रहन्छ’, अध्यक्ष प्रचण्डले भने ।

चितवन कांग्रेसले गठबन्धन हुँदैन भनिरहेको छनि भन्ने संचारकर्मीहरुको प्रश्नमा प्रचण्डले भने, चितवन कांग्रेसले भनेर केहि हुँदैन, केन्द्रबाटै गठबन्धन हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार