
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्त र नायिका तथा राप्रपा नेत्री रेखा थापासंग जम्काभेट भएको छ ।
विगतमा एउटै पार्टी माओवादीमा रहेका तीनैजना अहिले फरक फरक पार्टीमा रहेर राजनीति गरिरहेका बेला उनिबीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज जम्काभेट भएको हो ।
भेटका क्रममा जसपाका नेता समेत रहेका भट्टराईले ‘नलाऊ माया दुईतिर….’ भनेर गीत गाउनेहरू नै तीनतिर पो भइयो’ भनेर ठट्टा गरेपछि उनीहरुबीच केहीबेर हाँसो चलेको स्वयम भट्टराईले बताएका छन् ।
नेता भट्टराईले आफुहरुबीचको जम्काभेटका क्रममा हाँसो ठट्टा भएको भन्दै तीनै जनाको तस्विर समाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
‘नलाऊ माया दुईतिर…’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ,’ नेता भट्टराईले सामाजिकसंजालमा लेखेका छन् । भट्टराई अन्य नेताहरु भन्दा सामाजिकसंजाल निकै सकृय देखिन्छन् । सामाजिकसंजालमार्फत उनले बेलाबखत राजनीतिक बिषयबस्तुसंगै देश र समाजका विभिन्न बिषयहरुमा आफ्ना धारणा, टिप्पणीहरु सार्वजनिक गर्दै आएक छन् ।
भिडियो पनि हेर्नुहोस








