
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ । आज दिउँसो १ बजेतीर बैठक बस्ने तयारी भएको बताइएको छ । बैठकमा गठबन्धनमा समेल ५ दलका शीर्ष नेताहरु सहभागी हुने र आगामी चुनावी रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन तालमेल गरेर जाने सहमती भएपनि त्यसको खाका तयार गर्ने बिषयमा नेताहरुबीच छलफल हुनेछ ।
गठबन्धनले स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन गरिसकेको छ ।












