गठबन्धन जोगाउन भरतपुर माओवादीलाई छोड्न काँग्रेस तयार


काठमाडौँ । स्थानियवासीको तिर्व दबाबापछि नेपाली काँग्रेस चितवन जिल्लाको भरतपुर महानगरपालिका माओवादीलाई छोड्न तयार भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई रेणु दाहाललाई मेयरमा दोहोर्याउने प्रस्ताव राखेपछि उनि मन्जुर भएका हुन् ।

यद्यपी चितवनका स्थानिय काँग्रेस नेताहरुले भने चितवनको मेयरमा दावी गर्दै आएका थिए । गठबन्धन जोगाउनका लागि पनि देउवाले भरतपुर महानगरपालिकाको मेयर पद दोस्रो पटक माओवादीलाई दिन तयार भएको हो। हुन त सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने बिषयमा जुन दलले जहाँ जितेको छ, त्यहाँ उसैलाई छोड्ने सहमती पनि भएको छ । जसअनुसार माओवादीले भरतपुर पाउने निश्चित पनि थियो ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशैभरी तालमेल गर्नेबारे निर्णय गर्न आज दिउँसो ४ बजेपछि गठबन्धनका शिर्ष नेताहरुको बैठक पनि बस्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार