राप्रपा अध्यक्षको घरमा तोडफोड


चितवन । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको हो । तोडफोटबाट घरको झ्यालका सिसाहरु फुटेको र घटनाबारे अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले अध्यक्ष खरालको घरमा भएको आक्रमणको निन्दा गर्दै दोषीको खोजी गरी कडा कारवाही गर्न स्थानिय प्रशासनसंग माग गरेका छन् । चुनाव नजिकिदै गएपछि भएको घटनाबारे प्रहरीले अनुसंन्धान गरेर सत्य तथ्य बाहिर ल्याउने बताएको छ ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार