
काठमाडौं । बलात्कारको आरोपमा कारगार रहेका अभिनेता पल शाहबारे एका एक नयां तरंग आएको छ । आज तनहुँ अदालतमा भएको बकपत्रका क्रममा पीडित भनिएकी गायिका र उनका बुवाले वयान फेरेपछि पल शाह बलात्कार प्रकरणमा एकाएक नयाँ तरंग आएको हो।
पीडित भनिएकी गायिकाले ‘पलले आफुलाई बलात्कार नगरेको’ अदालतमा वयान दिएपछि समाजिकसंजाल लगायत मिडियामा यसबारे विभिन्न प्रतिकृयाहरु आइरहेका छन् । यसक्रममा नायिका पुजा शर्माको प्रतिकृयाबारे अलि बढि चर्चा भइरहेको छ । अदालतमा पीडितले दिएको वयानपछि पुजाले समाजिकसंजालमा “थ्याङ्क यु गड” भनेर लेखेकी छन् । पीडितको वयानलाई पुजाले सकारात्मक रुपमा लिएको बुझिन्छ । पललाई बलात्कारको आरोप लागेदेखि नै पुजाले पलको पक्षमा बोल्दै आएकी थिइन् ।
पल र पुजाद्धारा अभिनित फिल्म “म यस्तो गीत गाउँछु-दुई” को प्रर्दशनका बेला पनि उनले पलप्रति सहानुभुती देखाइरहेकी थिइन् । जुन कुरा केहि विवादित पनि बन्न पुगेको थियो ।
आज जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा पीडित गायिकाले पलले आफुलाइ बलात्कार नगरेको बयान दिएकी थिएन । त्यसपछि पलविरुद्ध बलात्कारको जाहेरी दिने उनका बुवाले पनि आफुले दबाब र प्रवाहमा परेर पाहेरी दिएको बताएका थिए ।
पीडित पक्षले नै घटना सत्य नभएको बताएपछि पुर्पक्षका लागि कारागार रहेका पललाई केहि राहात हुने अनुमान गरिएको छ ।
भिडियो पनि हेरौं










