सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ, गठबन्धनमा ‘गिभ एन्ड टेक’ त हुन्छ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । नेविसंघको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका सभापति समेत रहेका देउवाले कुनै हालतमा गठबन्धन तोड्न नहुनेमा जोड दिए। गठबन्धन बिशेष परिस्थितीमा निर्माणमा भएकाले यसको रक्षा गर्दै चुनावमा होमिनुपर्ने उनको भनाई छ ।

देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने अवस्था रहेको बताए ।
‘यो गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ, यो गठबन्धन नभए हाम्रो हालत त्यस्तै हुनेछ। त्यसैले गठबन्धनको रक्षा गर्दै चुनावमा होमिनुपर्छ’, देउवाले भने ।

सभापति देउवाले संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना नरहेकाले पनि गठबन्धन गर्नु परेको प्रष्ट पारे ।
गठबन्धन गर्दा दिने र लिने कुरा हुने भएकाले सहमतीअनुसार अघि बढ्नुको विकल्प नरहेको उनको भनाई ।

बैशाख ३० गते हुने स्थानिय तह चुनावमा तलैदेखि सत्ता गठबन्धनबीच तालमेल हुनुपर्ने केन्द्रको सहमती कार्यान्वयनमा असहज देखिएको छ । आजै बसेको गठबन्धनका शिर्ष नेताहरुको बैठकले देशका ६ वटा महानगरपालिकाको भागबण्डाको टुंगो लगाएका छन् ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार