कांग्रेसलाई उम्मेदवार टुंग्याउनै सकस, आज पनि बैठक बस्दै


काठमाडौं । सत्तरुढ नेपाली काँग्रेसलाई यहि वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउन निकै सकस भएको छ । आज र भोलीमा मनोनयन दर्ता गरिसक्नु पर्ने समयवधी भएपनि काँग्रेसले उम्मेदवारको टुंगो लगाउन सकिरहेको छैन् । उम्मेदवार टुंग्याउन हिजो रातीसम्म बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिना निष्कर्ष सकिएको थियो ।

उम्मेदवार टुंगो लगाउन समितिको बैठक आज बिहान ११ बजेपछि फेरी बस्न लागको काँग्रेसले जनाएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्न लागेको बैठकले आज जसरी पनि सहमती गरी उम्मेदवार टुंगो लगाउनु पर्नेछ । बिशेषगरी पार्टीभित्रका समुहहरुले आ आफ्ना निकटका ब्यक्तिलाई उम्मेदवारका रुपमा अघि सारेकाले सहमती हुन नसकिरहेको बताइएको छ । तर, पनि उम्मेदवारको मनोनयनको दर्ता म्याद आज र भोली मात्रै रहेकाले निर्णय गर्नेपर्ने दवाब नेताहरुमा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार