धादिङमा बस र कार ठोक्किदा ५ जनाको मृत्यु, एक गम्भिर घाइते


धादिङ । धादिङमा बस र कार एकआपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा कारमा सवार पाँचै जनाको मृत्यु भएको धादिङ प्रहरीले बताएको छ।

दुर्घटनामा मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए । भारतको उत्तरप्रदेशबाट घुम्न गत वैशाख ७ गते नेपाल आएका उनीहरु आज पोखराबाट काठमाडौं फर्कंदै थिए । अनुसंनधानका क्रममा थाहा भएअनुसार उनिहरु भोली दिल्ली फर्किदै थिए।

दुर्घटनामा घाइते हुनेमा बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार रहेका छन्, उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीको भनाई छ । ट्याक्सीलाई ओभरट्याक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँग ठोक्किएपछि दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार