
चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालेमेल हुने भएको छ । दुबै दलबीच भएको तालमेलअनुसार महानगरको मेयरमा एमाले र उपमेयरमा राप्रपाले उम्मेदवारी दिदैछन्।
दुबै दलबीच वडाहरुमा समेत तालमेल गर्ने सहमतीअनुसार १५ र २६ नम्बर वडाध्यक्षमा राप्रपाले उम्मेदवारी दिदैछ । त्यस्तै ४,११,१६,१९ र २४ नम्बर वडामा दुवै पार्टीले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।
यता सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादीकी रेनु दाहाललाई दोहोर्याउने सहमती भइसकेको छ। त्यस्तै कांग्रेसले उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने छ ।













