
मनाङ। यहि वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले आफ्नो विजयी सुरुवात गरेको छ ।
मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएपछि माओवादीको विजयी यात्रा सुरुवात भएको हो । आज वडावासीको संयुक्त भेलाले वडा अध्यक्षमा माओवादी केन्द्रका गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो। पुरै वडा नै माओवादीमय भएपछि निर्वाचनमा हुने मतदानअघि नै उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको छ ।
वडावासीको सयुक्त भेलाले वडा सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरीलाई समेत निर्वार्चित गरेको छ।










