
नवलपुर । यहि वैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनमा मेयर पदका लागि भिड्ने भन्दै उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर नवलपुरको देवचुली नगरपालिकाको मेयर पदका लागि टिकट मागेका भुसाललाई नेपाली काँग्रेसले टिकट नदिएको हो। मेयद पदका लागि कांग्रेसले विष्णु बस्ताकोटीलाई उम्मेदवार बनाएको छ ।
भुसालले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरेका थिए।
कांग्रेसका नेता डा। शशांक कोइरालाको सल्लाहमा मेयर पदका लागि उनले उपसचिवबाट राजीनामा बुझाएका थिए । टिकट नपाएपछि संचारमाध्यमलाई प्रतिकृया दिदै भुसालले राजनीति संभावना खेल भएको र आगामी दिनमा राजनीतिमै सकृय हुने बताएका छन् ।
२५ वर्षे निजामति सेवा पूरा गरेका उनले सामान्य प्रशासन मन्त्रालयमा बुझाएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।













