काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
आज उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन उपर सुनुवाई हुँदै मुद्दामा कागजात झिकाउन आदेश गरेको हो ।
सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले लामिछानेविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको छ ।
लामिछानेलाई उच्च अदालतले किन र केका आधारमा छाडेको हो भन्ने सम्पुर्ण विवरण बुझ्नका लागि कागजात झिकाइएको हो । सबै कागजात हेरिसकेपछि सर्वोच्चले लामिछानेलाई पुन थुना पठाउने वा उच्च अदालत पाटनकै फैसला सदर गर्नेमध्ये एउटा फैसला सुनाउने छ ।
लामिछानेले आफ्नी फ्यान एक नाबालिकालाई बलात्कार गरेको आरोपमा पुस २९ गते २० लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएक थिए । २८ पुसमा उच्च अदालत पाटनले उनलाई थुना बाहिर रहेरै मुद्धालड्न सक्ने भन्दै धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई थुनामा राख्नुको साटो धरौटीमा छाड्ने उच्च अदालतको आदेश प्रचलित कानुन र न्यायिक सिद्धान्त विपरीत रहेको महान्यायाधिवक्ता कार्यालयको ठहर छ।
भिडियो पनि हेरौं