एमालेसँग चुनावी तालमेल गर्नेलाई माओवादीले पार्टीबाटै निस्कासन गर्‍यो

भोजपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई माओवादी केन्द्रले पार्टीबाटै निस्कासन गरेको छ । एमालेसँग तालमेल नगर्ने केन्द्रको नीति विपरीत भोजपुर जिल्लाको दुई नगरपालिकाको वडामा स्थानिय माओवादी नेताहरुले तालमेल गरेका थिए ।

एमालेसंग चुनावी तालमेल गरेको भन्दै भोजपुर नगरपालिका ११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिकाको वडा नम्बर ९ का शेखर तामाङ र वडा नम्बर १३ का ओमकुमार श्रेष्ठलाई माओवादीले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको नेकपा माओवादी केन्द्रको भोजपुरका संयोजक नगेन्द्र भुजेलले जानकारी दिए ।

माओवादीको भोजपुरको जिल्ला कमिटिले अन्य पाटीृको नीति, निर्णय र निर्देशन विपरीत विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारी दिने कार्यकर्तालाई समेत तत्काल उम्मेदवारी फिर्ता लिई पार्टीको नियमित काममा फर्कन अनुरोध गरेको छ ।

पढ्नुहोस जारी विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार